+
+

अञ्जान शाक्यलाई उत्कृष्ट राजदूत अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १० गते २०:२२

१० जेठ, काठमाडौं । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’ बाट सम्मानित भएकी छन् ।

एम्बेसडर क्लब अफ इजरायलले नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो । सम्मान इजरायलको स्वतन्त्रता दिवसका अवसर पारेर प्रदान गरिने जनाइएकाे छ ।

‘एम्बेसडर क्लब अफ इजरायल’का निर्देशक समितिले इजरायलमा रहेका ९० कूटनीतिक नियोगबाट शाक्यलाई छनोट गरिएको जनाएको छ । उनले नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन योगदान गरेकाले शाक्यको पक्षमा मत जाहेर गरेको उल्लेख गरे ।

अन्य तीन फरक विधामा पनि विभिन्न कूटनीतिज्ञलाई सम्मान गरिएको छ । सो अवसरमा कुटनीतिक नियोगका प्रमुख, इजरायली अधिकारीहरू, राजदूत क्लबका सदस्यहरू र मिडियाका प्रतिनिधिहरूको उपस्थिति थियो । उक्त अवार्डबाट सम्मानित हुने डा. शाक्य एसियाकै पहिलो राजदूत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?