+
+

पहिलो परीक्षण नेगेटिभ देखिएपछि घर गएका थिए झापाका संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते २१:३७

११ जेठ, विराटनगर । झापामा कोरोना संक्रमण पुष्टि भएका पुरुषको पहिलो पीसीआर रिपोर्ट नेगेटिभ आएको पाइएको छ । आइतबार झापाको बाह्रदशी गाउँपालिका ३ का ४५ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमण पुष्टि भएका पुरुष ७ जेठमा दिल्लीबाट गाउँ आएका थिए ।

वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीका अनुसार नेपाल प्रवेश गर्ने क्रममा उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । स्थानीय क्वारेन्टाइनमा राखेर उनको पीसीआर परीक्षणका लागि नमुना संकलन भएको थियो । विराटनगरको प्रदेश प्रयोगशालामा परीक्षण गर्दा ९ जेठमा नेगेटिभ रिपोर्ट आएपछि उनी घर गएका थिए ।

‘सुरुमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाएका थियौं’ उनले भने ‘पहिलो रिपोर्ट शंकास्पद भन्दै पुन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।’

दिल्लीमा दुई वर्षयता पाइप उद्योगमा काम गर्दै आएका संक्रमित पुरुष १० दिनको यात्रापछि गाउँ आएका थिए । संक्रमण पुष्टि भएपछि घरबाट नै धरान पठाइएको अध्यक्ष राजवंशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?