Comments Add Comment

रौतहटमा २६ संक्रमित थपिए, सबै भारतबाट आएका

१२ जेठ, रौतहट । रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकामध्ये २६ जना सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।

राजपुरका २४ र इशनाथका २ जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका नेपाली हुन् । भारतबाट फर्किएर सिधै स्थानीय तहको क्वारेन्टाइनमा पुगेकामध्ये ९६ जनाको स्वाब संकलन गरेर गत मंगलबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा पठाइएकोमा २६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । संक्रमण उनीहरुलाई राजपुरमै निर्माण भएको आइसोलेसनमा राखिने प्रजिअ घिमिरेले बताए ।

‘दुई सय भन्दा बढीको स्वाब संकलन भइसकेको छ । सम्भवत आज साँझसम्म राजपुरको क्वारेन्टाइनमा एक साता भन्दा बढी समय रहेका सबैको स्वाब संकलन हुन्छ’ उनले भने । राजपुरमा रहेको क्वारेन्टाइनमा ६ सय भन्दा बढी व्यक्ति रहेका छन् ।

रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरमा रहेका २६ सय ४० जना पछिल्लो एक साता रौतहट भित्रिएका थिए । उनीहरु सबै स्थानीय तहको क्वारेन्टाइनमा छन् ।

यसअघि रौतहटमा २१ जनामा कोरोना पोजेटिभ देखिए पनि ३ जना उपचारपछि घर फर्किएका छन् भने १८ जना संक्रमितको गौरमै रहेको गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा उपचार भइरहेको छ । सोमबार २६ जना थपिएपछि रौतहटमा संक्रमितको संख्या ४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment