+
+

एफए कप जुन अन्तिमदेखि, फाइनल १ अगष्टमा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १८:५५

१६ जेठ काठमाडौं । विश्वकै पुरानो फुटबल प्रतियोगिता एफए कप जुन अन्तिम सातादेखि फेरि शुरु गरिने भएको छ । कोभिड १९ को महामारीका कारण गत मार्चदेखि स्थगित एफए कपको फाइनल १ अगष्टमा गर्ने गरी नयाँ मिति सार्वजनिक भएको हो ।

इंग्लिस फुटबल संघ एफएले प्रतियोगितामा बाँकी रहेको क्वार्टरफाइनलदेखिको प्रारम्भिक मिति सार्वजनिक गरेको हो । प्रिमियर लिग १७ जुनदेखि गर्ने तयारी भइरहँदा जुन २७ र २८ को विकेन्डमा एफए कपको क्वार्टरफाइनल खेलहरु सञ्चालन गरिने भएको छ ।

यस्तै सेमिफाइनल खेलहरु १८ र १९ जुलाईमा सञ्चालन गरिने र फाइनल खेल १ अगष्टमा गरिने एफएले जनाएको छ ।

यसबारे अरु जानकारी भेन्यु र समय पछि सार्वजनिक गरिने एफ एले जनाएको छ ।

एफएकपको क्वार्टरफाइनलमा लेस्टर सिटी र चेल्सी न्यूकासल युनाइटेड र म्यानचेष्टर सिटी सेफिल्ड युनाइटेड र आर्सनल तथा नर्विच सिटी र म्यानचेष्टर युनाइटेड खेल्ने तय छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?