
बलिउडमा खलपात्रको रुपमा चित्रित भए पनि कलाकार सोनु सुद सामान्य जीवनमा भने हजारौंका लागि नायक बनेका छन्।
लकडाउनका कारण घरसम्म पुग्न नपाएका मानिसहरूलाई गाडीको माध्यमबाट घर पुर्याउने जिम्मा लिएपछि उनी यतिबेला सर्वत्र चर्चामा छन् । सुरुवातमा तीन सय ५० जना मजदुरलाई आफ्नो घरसम्म पुर्याउने जिम्मा उठाएका सोनुले अहिलेसम्म १२ हजारभन्दा बढी मजदुरलाई यो सहयोग गरिसकेका छन् ।
अहिले सोनुलाई दिनभर फोन र मेसेज आउन थालेको छ । उनी यो कामका लागि दैनिक १८ घन्टासम्म खटिने गरेका छन्। सुरुवातमा यो कामका लागि एक्लै भए पनि अहिले उनको टिम बनिसकेको छ। तीन टिमले यो कामको व्यवस्थापन गरिरहेको छ।
सोनुले हालै मात्र एक सय बढी महिलाहरूलाई प्लेनमार्फत घर पुर्याउने काम गरेका छन्। सोनुकी पत्नी सोनालीका अनुसार उनी व्यस्त रहे पनि आफ्नो फिटेनस रुटिङलाई भने छाडेका छैनन् । उनी बिहान ५ बजे नै उठिसक्छन् । दैनिक चारदेखि पाँच घन्टासम्म सुत्ने सोनुले केहीदिन अगाडि आफूलाई दैनिक रुपमा आउने गरेका फोन र म्यासेज सार्वजनिक पनि गरेका थिए ।
सुरुवाती दिनमा पैदल नै आफ्नो गाउँ जान थालेका मजदुरलाई देखेपछि सोनुमा सहयोगको धारणा आएको छ। उनले गाडीको माध्यमबाट स्थानीय सरकारसँग अनुमति लिएर यो काम गरिरहेका छन् । सोनुको यो कामको सामाजिक सञ्जाल र मिडियामा प्रशंसा भइरहेको छ।
प्रतिक्रिया 4