Comments Add Comment

प्रदेश २ मा थपिए ८३ जना कोरोना संक्रमित

२५ जेठ, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणका क्रममा ८३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ ।

सर्लाहीमा ७४ जना, महोत्तरीमा ५ जना, सिराहामा २ जना, धनुषामा १ जना र रौतहटमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सप्तरीको ल्याबबाट पनि परीक्षण सुरु

सप्तरीमा जडान गरिएको पीसीआर मेसिनबाट पनि कोरोना परीक्षण सुरु भएको छ । मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार सप्तरीमा जडान गरिएको पीसीआर मेसिनबाट परीक्षण सुरु भएको हो ।

यसअघि वीरगञ्ज र जनकपुरमा जडान गरिएको ल्याबबाट मात्रै परीक्षण हुँदै आएको थियो । ल्याब अभावमा यसअघि स्वाब परीक्षणका लागि प्रदेश नम्बर १ र ३ को ल्याबमा पठाउनुपर्ने बाध्यता थियो ।

‘आरटी पीसीआर परीक्षणको दायरा बढाउने नीति सरकारको हुँदा हुँदै पनि परीक्षण गर्ने क्षमता सिमित छ । त्यसलै परीक्षणमा गति दिन सकेका छैनौं,’ उनले भने, ‘ तैपनि आइसोलेसन कक्षलाई प्राथमिकता दिएर काम गरिरहेका छौं । ’

३०२ जना संक्रमित डिस्चार्ज

प्रदेश २ बाट अहिलेसम्म ३०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

लगातार दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको घिमिरेले बताए । शनिबार मात्रै सर्लाहीको मलंगवास्थित अल्पामाई रामनारायण यादव नर्सिङ कलेजको आइसोलेसन कक्षमा उपचाररत एक जना महिलासहित १४ जना, रौतहटको गौरस्थित गौर नर्सिङ्ग इन्टिच्यूटबाट एक जना महिलासहित १८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।

उनीहरुमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो । बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्र आइसोलेसनबाट १२ जना पुरुष डिस्चार्ज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment