+
+

गोरखामा प्रहरीको कोरोना परीक्षण गर्न स्वाब संकलन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते २०:३२
जिल्ला प्रहरी कार्यालय गोरखा

२५ जेठ, गोरखा । हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलन सुरु गरिएको छ ।

आइतबार प्रहरी निरीक्षकसहित २८ जनाको नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको स्वास्थ्य कार्यालय प्रमुख विद्या तामाङले बताइन् ।

‘पहिलो चरणमा ती संक्रमित युवासँग सम्पर्कमा आएका प्रहरी कर्मचारीहरुको पीसीआर परीक्षण गराएका हौ,’ एसपी ओमप्रसाद अधिकारीले भने, ‘क्रमश अन्य प्रहरी कर्मचारीको पनि परीक्षण गराउँछौं ।’

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिकाका १७ बर्षका युवक जेठ ११ गतेदेखि प्रहरी हिरासतमा छन् । आइतवार बिहान उनमा कोरोना संक्रमणको पुष्टि भएको हो । अहिले उनको जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

कोरोना संक्रमित गण्डकी गाउँपालिकाका ९ जनाको पनि जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनीहरुलाई आइतबार दिउँसो क्वारेन्टिन स्थलबाट अस्पताल ल्याइएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?