
लकडाउनका कारण मानिसहरू तनावमा छन् । दुई महिनाभन्दा लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई आनन्द र शान्त ठाउँको खोजी हुनु स्वभाविक नै हो ।
अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनाएको छ । सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । तर उनीहरू आफैँलाई पनि शान्त र आनन्द प्राप्त हुने स्थानको खोजी भइरहेको छ ।
नायिका स्वस्तिमा खड्काले हालै एक तस्वीर सेयर गर्दै ‘शान्ति’ लेखेकी छिन् । स्वस्तिमाले पनि लकडाउनका कारण उकुसमुकुस भएको बताउँदै आएकी थिइन् । स्विमिङ पुलमा रमाउँदै गरेको यो तस्वीर लकडाउनकै समयको हो या पहिलेको हो उनले खुलाएकी छैनन् । तर जेठ महिना सकिँदै गर्दा बढ्दै गएको गर्मीका कारण पनि स्विमिङ पुलमा रमाउने चाहना धेरैको हुन्छ।
कलाकारहरूले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै स्विमिङ पुल मिस गरिरहेको बताएका छन्।
प्रतिक्रिया 4