+
+

रुपन्देहीमा भएको हत्या घटनाको तत्काल छानबिन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १३:०१

२७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता छविलाल विश्वकर्माले रुपन्देहीमा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘यो हत्याको निष्पक्ष छानबिन होस् । अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था होस् । छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन माग गर्दछु ।’

सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो । स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताए ।

उनले मृतकका परिवारलाई क्ष्ाितपूर्तिको दिन पनि माग गरेका छन् । प्रहरीका अनुसार रुपन्देहीमा भएको हत्याकाण्डमा संलग्नको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेका छन् ।

नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिञ्जालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?