+
+

मिलन चाम्स भन्छन्–‘मनोबल गिराएर हुँदैन, मिलेर काम गरौं’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते ११:१३

निर्देशक मिलन चाम्सले कोरोनाले सबै सकियो भन्ने सोचाई राखेर मनोबल गिराउँदा झनै भयानक अवस्था आउन सक्ने बताएका छन् । उनले चलचित्र क्षेत्रलाई माथि उठाउनका लागि फेरि सबै एकजुट भएर काम गर्नुपर्ने बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘भूकम्पपछि पनि यस्तै अवस्था भएको थियो । सो समयमा पनि मैले चलचित्र ‘वीर विक्रम’को काम गरेको थिएँ । अब फेरि पनि काम गर्न सकिन्छ र चलचित्र क्षेत्रलाई बलियो बनाउन सकिन्छ भन्ने लागेको छ। यसका लागि मनोबल गिराएर बस्नुभन्दा पनि काम गर्नु आवश्यक छ ।’

उनले सामाजिक दुरी कायम गर्दै काम गर्न सकिने भन्दै भारत, बेलायतमा यो शैली सुरु भइसकेकाले नेपालमा पनि सुरु गर्नुपर्ने सुनाए। चाम्स भन्छन्–‘सायद, लकडाउन पूर्ण रुपमा खुलेपछि सबैभन्दा पहिले छायांकनमा मै जान्छु होला । म धेरैभन्दा धेरै प्राविधिकहरूलाई राखेर काम गर्ने सोचमा छु । यसोगर्दा सबै जनालाई यो विषम परिस्थितिमा केही न केही सजिलो हुन्छ भन्ने लागेको छ ।’

कोरोनाको संक्रमण कहिलेसम्म लम्बिन्छ भन्ने थाहा नभएको भन्दै उनले, सो समयसम्म निराश भएर बस्न नहुने पनि तर्क गरे । उनले भने–‘हामीले अब सरकारले दिएको शर्तहरु पालना गर्दै काम गर्नुपर्छ । यसले चलचित्र क्षेत्रलाई चलायमान बनाउँछ ।’

निर्देशक चाम्सले लकडाउन खुलेसँगै नयाँ चलचित्रको काम सुरु गर्ने बताएका छन् । उनले भने-‘गोर्खा वारियर’भन्दा अगाडि नै म अर्को चलचित्रमा काम गर्दैछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?