Comments Add Comment

प्रदेश २ मा थपिए १०७ जना काेराेना संक्रमित

३१ जेठ, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ६ महिलासहित १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीमा १ जना, सर्लाहीमा ११ जना, रौतहटमा ९० जना र पर्सामा ५ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी प्रदेशमा २ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । २८ गते वीरगञ्ज महानगरपालिका घण्टाघर क्षेत्रमा अन्दाजी २५ वर्षका पुरुष व्यक्ति मृत अवस्थामा भेटिएका थिए । शवलाई नारायणी अस्पतालमा लगेर स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको होे । हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन ।

यो पनि पढ्नुहोस बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि, पर्सामा थपिए ५ जना संक्रमित

त्यसैगरी बारामा ५ वर्षीय बालकको स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालमा शुक्रबार उपचारका लागि ल्याइएको थियो । उपचार गर्ने क्रममै बालकको शुक्रबार साँझ मृत्यु भएको थियो । बालकमा निमोनिया भएको पहिचान स्वास्थ्यकर्मीले गरेका थिए । बालकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षण समेत गरिएको थियो । सो परीक्षणको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस मृत बालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्यसंस्था सिल, निजगढ बजार बन्द

१४ हजार भन्दा बढीको नतिजा आउन बाँकी

प्रदेशमा संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । प्रदेशमा ३१ हजार ३ सय १ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा १४ हजार ५ सय ५८ जनाको नजिता आउन बाँकी छ ।

महोत्तरीमा २३ वर्षीय पुरुषमा कोराना सक्रमण पुष्टि भएको छ ।
सर्लाहीको बसबरिया गाउँपालिकाका ३५ वर्षीय पुरुषमा, चक्रघट्टा गाउँपालिकाका ११ वर्षीय बालकसहित २८ वर्षीय पुरुषमा, इश्वरपुर नगरपालिकामा ५ वर्षीया बालिकासहित २५ र ५२ वर्षीय पुरुषमा, बिष्णु गाउँपालिकका उमेर खुल्न नसकेका २ जना पुरुष र सर्लाही जिल्लाकै स्थान खुल्न नसकेका ३ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु कामाण्डौंले जनाएको छ ।

रौतहटको ईशनाथ नगरपालिका स्थित श्री जनता माध्यमिक विद्यालययको क्वारेन्टिनमा रहेका १२ र १५ वर्षका २ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही क्वारेन्टिनमा रहेका १९ देखि ४७ वर्षसम्मका २१ जना पुरुषमा, रौतहटकै परोहा नगरपालिकास्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका ९ र १५ वर्षीया बालिकामा, सोही क्वारेन्टिनमा रहेका १ वर्षीय बालकदेखि १८ वर्ष उमेर समूहका ९ जना पुरुषमा, १९ देखि ५० वर्ष उमेर समूहका ३९ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

रौतहटकै देवाही गोनाई नगरपालिकाका १६, २०, २५, २९ र ४० वर्षका पुरुषमा, राजपुर नगरपालिकाका १० र ११ वर्षका बालकसहित १ देखि १८ वर्ष उमेर समूहका ५ जना पुरुषमा, सोही नगरपालिकाका १९ देखि ५५ वर्ष उमेर समूहका ७ जना पुरुषको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

वीरगञ्ज महानगरपालिका–५ का १९ वर्षीय पुरुष र ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी पर्सा जिल्लाकै सखुवा पर्साैनी गाउँपालिकाका डेढ वर्षका र ३ वर्ष गरी दुई जना बालक तथा ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२९ जना संक्रमित डिस्चार्ज

पछिल्लो चौबीस घण्टामा प्रदेश २ मा २९ जना पुरुष कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । यो सँगै प्रदेशमा ४ सय ४९ जना कोरोना संक्रमित उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

बाराको कलैया अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालमा उपचाररत कोहल्भी नगरपालिकाका १२ वर्षीय बालक उपचार पश्चात डिस्चार्ज भएका हुन् । जेठ १६ गते संकलन गरिएको परिक्षण पश्चात रिपोर्ट पोजेटेभि आएपछि उनलाई जेठ २३ गते आइसोलेसनमा राखिएको थियो । त्यसैगरी जेठ १६ गते नै संकलन गरिएको स्वाब परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका महागढीमाई नगरपालिका २८ र ३२ वर्षीय पुरुष डिस्चार्ज भए । उनीहरुलाई जेठ २३ गते नै कलैया ल्याइएको थियो । जेठ २४ गते संक्रमण पुष्टी भएका बिश्रामपुर गाउँपालिकाका ३० वर्षीय २ जना पुरुष समेत डिस्चार्ज भएका छन् ।

त्यसैगरी यो समाचार तयार पार्दै गर्दा नारायणी अस्पताल अन्र्तगतको गण्डक कोभिड अस्पताल वीरगञ्जबाट १२ जनालाई डिस्चार्ज गरिएको छ । गण्डकबाटै बेलुका ५ जनालाई घर पठाईएको थियो ।

यो पनि पढ्नुहोस पर्सामा कोरोना परीक्षण नै नगरी ४ जना संक्रमित डिस्चार्ज

धनुषाको प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युटको आइसोलेसन कक्षबाट ३ जना र महोत्तरी जिल्ला स्थित जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालबाट ४ जना संक्रमितहरु उपचार पश्चात स्वस्थ्य भई डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment