+
+

६ प्रतिशतले घट्यो रेमिट्यान्स

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते २२:००

२ असार, काठमाडौं । विप्रेषण आप्रवाहमा कमी आएको छ । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

१० महिनाको तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारे रिपोर्ट सार्वजनिक गर्द‌ै राष्ट्र बैंकले १० महिनामा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ भित्रिएकाे बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।

साेहि अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?