+
+

‘आँधी तुफान-२’ बनाउँदै मौनता

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १२:३२

चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले चलचित्र ‘आँधी तुफान’को सिरिज बनाउने भएका छन् । लकडाउनको समयमा उनले चलचित्र ‘आँधी तुफान-२’ को कथा लेखेको बताएका छन् ।

चलचित्र ‘आँधी तुफान’ वि.सं २०६१ सालमा निर्माण भएको थियो । महेन्द्र बुढाथोकी निर्देशित यो चलचित्र व्यावसायिक रुपमा सफल पनि भएको थियो।

यो चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारी मौनताको छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहने चलचित्रका लागि निर्देशक र कलाकारको छनोट भइरहेको बताइएको छ ।

लेडी एक्सन चलचित्र ‘आँधी तुफान’मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो । अब यसको सिरिजका लागि पनि नयाँ तथा पुराना अनुहारलाई लिने तयारी यसको निर्माणपक्षले गरेको छ।

नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण र अत्याचारको कथामा यो चलचित्र निर्माण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?