४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने जेष्ठ नागरिकले महानगरबाट पाउँदै आएको वार्षिक भत्ता आगामी आवमा समेत उपलब्ध हुने भएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर विशेष भत्तालाई निरन्तरता दिएको बताएको छ ।
महानगरले ७५ वर्ष उमेर पुगेका महिला र ८० वर्ष उमेर पुगेका पुरुषलाई महानगर विशेष भत्ता उपलब्ध गराउँदै आएकोमा अब नयाँ व्यवस्था गरिएको छ । अ ०७७ फागुन मसान्तसम्म ७५ बर्ष पुगेका महिला र पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई सो भत्ता उपलब्ध गराउने नीति लिएको छ । यो संघीय सरकारले दिने वृद्धभत्ताबाहेकको रकम हो ।
महानगरपालिकाले आगामी वर्ष स्वयंसेवक परिचालनको नीति समेत लिएको छ ।
यसमा अनुभवी, सेवा निवृत्त, जेष्ठ नागरिकलाई समेत सहभागी गराई शिक्षा, स्वास्थ्य तथा समुदायमा आधारित विभिन्न काममा गराउने नीति समेत महानगरपालिकाले लिएको छ ।