+
+

टेकु र लैनचौरमा भर्टिकल पार्किङ भवन बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १८:२१

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकु र लैनचौरमा भर्टिकल पार्किङ भवन निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ मै यस्तो भवन निर्माण सुरु गरिने महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । टेकुस्थित महानगरपालिकाकै जग्गा र लैनचौरको सार्वजनिक जग्गामा यस्तो भवन बनाउने योजना महानगरपालिकाले सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यकाको ट्राफिक जामको समस्या न्यूनीकरण तथा पार्किङको अभाव हटाउन यो कार्यक्रम प्रभावकारी हुने महानगरको विश्वास रहेको छ ।

महानगरपालिकाले प्रारम्भ गरेको स्मार्ट पार्किङलाई थप क्षेत्रमा विस्तारको योजना समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?