+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
3/0 (1.1)
VS
चितवन राइनोज 2025
0/0
Shares

प्रदेश १ मा थपिए ११ कोरोना संक्रमित, मोरङमा ८ जना

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ६ गते १५:३७

६ असार, विराटनगर । प्रदेश १ मा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शनिबार मोरङ सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए ।

थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । झापाको गौरीगञ्जमा एकजना र सुनसरीको कोशी गाउँपालिकामा २ जना महिलामा शनिबार संक्रमण देखिएको हो ।

यससँगै मोरङमा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ भने प्रदेश १ मा ४३० पुगेको छ । उनीहरुमध्ये २३४ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?