
१० असार, रौतहट । दश वर्षअघि यात्रु बोकेको बसमा बम विस्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए ।
दुवैजनाविरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा छ ।
२०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना२ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना घाइते भएका थिए ।
विष्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4