
१० असार, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठकले सातबुँदे एजेण्डा तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातबुँदे एजेण्डा तय गरेको हो । लगत्तै दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गरेका छन् ।
बैठकका सात एजेण्डा
१, अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य
२, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने
३, सीमा समस्या र समाधानबारे
४, सरकारको कामको समीक्षा
५, पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता
६, एमसीसीबारे
७, विविधि । यसमा एक महिनाअघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार असार १२ गते अर्को बैठक बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4