+
+

सुनको भाउ प्रतितोला एक लाखतर्फ लम्किँदै

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ असार १० गते १६:२३

१०  असार, काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार १ सय र तेजावी ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले बृद्धि भएर ९४५ रुपैयाँ पुगको छ । मंगलबार छापावाल सुनको भाउ ९० हजार ६ सय र तेजावीको भाउ ९० हजार १६० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस भाउ १७६९.९६ डलर र चाँदी १७.८८ डलरमा कारोबार भएको महासंघले जनाएको छ । आंशिक रुपमा लकडाउन खुले पनि सुनको कारोबार ठप्पजस्तै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । केही ग्राहकहरु भने सुन बिक्रीका लागि पनि पसलहरुमा आएको पाइएको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजार विश्लेषण गर्दा सुनको भाउ असार महिनामै तोलामा एक लाख नाघ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको आंकलन छ । तत्काल कोरोना अन्त्य हुने अवस्था नभएको तथा अमेरिका, यूरोप र दक्षिण एसियाको असर अझै बढ्दै जाँदा अर्थतन्त्र झनै शिथिल बनेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

‘दक्षिण एशियामा बढी सुनको माग हुन्छ, यहाँ पनि असर बढ्दो छ । कोरोनाका कारण कलकारखाना चलेका छैनन् । अमेरिकी र युरोपेली शेयर बजार पनि बन्द हुँदा लगानीकर्ताहरुकमा अन्यौल बढेको देखिन्छ,’ महासचिव बज्राचार्यले कारण खुलाए ।

जर्मनी, अमेरिकाजस्ता ठूला अर्थतन्त्रको केन्द्रीय बैंकले सुनमा लगानी बढाएका कारण अझै भाउ बढ्न सक्ने अवस्था देखिएको बज्राचार्य बताउँछन् ।

‘अन्तर्राष्ट्रिय सुन विज्ञहरुको प्रक्षेपणले पनि छिट्टै सुनको भाउ २ हजार डलर प्रति औँस नाघ्ने देखाएकाले असार महिनाभरीमै सुनको भाउ तोलामा ९५ हजारदेखि एक लाख वा सो भन्दा बढी पुग्न सक्छ,’ महासचिव बज्राचार्यले भने ।

लकडाउन खुकुलोसंगै असार महिनामा सुनको प्रतितोला मूल्य

असार छापावाल सुन तेजावी सुन चाँदी
८९,७०० ८९,२६५ ९२५
८९,७०० ८९,२६५ ९२५
८९,८०० ८९,३६५ ९३०
८९,९०० ८९,३६० ९३५
८९,९०० ८९,४६० ९३०
९०,६०० ९०,१६० ९४०
९१,००० ९०,५६५ ९५०
९०,६०० ९०,१६० ९४०
१० ९१,१०० ९०,६६५ ९४५
लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?