Comments Add Comment

वीरगञ्ज कारागारका एक थुनुवाको मृत्यु

११ असार, वीरगञ्ज । वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महानरपालिका–२ घर भएका ६३ बर्षका बसिर आलम भन्ने बसिर अहमदको मृत्यु भएको हो ।

ठगी मुद्धामा साढे ४ महिनाअघि उनलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो । मधुमेह र उच्च रक्तचापको समस्याका कारण उनलाई १६ दिनअघि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

बिहीबार बिहान २ बजेतिर अस्पतालले उनलाई मृत घोषित गरेको वीरगञ्ज कारागारका प्रमुख श्रवण पोखरेलले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment