+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आँधिखोला गाउँपालिकाले भन्यो – सलह किरा ल्याउनुस्, तीन सय लानुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते ७:५९

१६ असार, काठमाडौं । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ ।

भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको जनाउँदै गाउँपालिकाले सलह छोपेर ल्याउन आह्वान गरेको हो ।

गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम दिने निर्णय भएको उल्लेख गरेका छन् । उनले आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको उल्लेख गर्दै सबैलाई सजग रहन भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘क्षति कम गर्न आगो बाल्ने, धुँवा गराउने, हावाको बहाव परिवर्तन गराउने, थाल ठटाउने, ड्रम बजाउने, स्पीकर लगाउने, प्रांकृतिक सिकारीको प्रयोग गर्ने, खरानी तथा धुलीजन्य पदार्थ छर्कने कार्यहरु गरी प्रकोपलाई न्यूनिकरण गर्न गराउनुहुन आँधीखोलावासीमा अनुरोध गर्दछौं ।’

सलह किरा नेपालमा शनिबारबाट देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?