+
+

जापानको टोकियोमा भेटिए दुई महिनायताकै धेरै कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १८:२५

१८ असार, काठमाडौं । जापानको राजधानी टोकियोमा पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । बिहीबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा टोकियोमा कोरोना भाइरसका १०७ नयाँ संक्रमित फेला परेका हुन् ।

यद्यपि जापानको प्रमुख क्याबिनेट सेक्रेटरीले भने पुनः आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । टोकियोका गभर्नर युरिको कोइकेले यसरी कोरोना भाइरसको संक्रमण बढ्नु चिन्ताजनक रहेको बताएका छन् । उनले सबै मानिसहरु तथा व्यवसायहरुलाई कोरोना भाइरसबाट बच्नका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।

टोकियोमा गत मे २५ मा आपतकालीन अवस्था हटाएसँगै कोरोना भाइरसका नयाँ संक्रमितको संख्या पनि २० भन्दा कममा रहँदै आएको थियो । पछिल्लो पटक मे २ मा टोकियोमा कोरोना भाइरसका नयाँ संक्रमित एक सय नाघेको थियो ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?