Comments Add Comment

स्वास्थ्यमा समस्या आएपछि अनशनरत दुई युवकलाई अस्पताल लगियो

१८ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाव दिँदै अनशन बसेका सामाजिक अभियन्ता ई: र पुकार बामलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पताल लगिएको हो ।

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण गर्ने विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै इनफ इज इनफका अभियान्ता ई, पुष्कर बम, सुदन गुरुङ र सुवानी सिंजापति अनशन बसेको सात दिन भएको छ।

कोरोना संक्रमणको लक्षण देखिएको र परीक्षणका लागि चिकित्सकीय सुझाव पाएका व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने, आरडीटी विधिबाट गरिने परीक्षण रोक्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, कोरोना महामारी रोकथामका लागि भएका काम र सामग्री खरिदको खर्च पारदर्शी हुनुपर्ने उनीहरुको माग छ।

त्यस्तै, कोरोना महामारी रोकथाम र उपचारमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको सुरक्षा, कमजोर अवस्थाका मजदुर, कामदार, अस्थायी बासिन्दा र सीमान्तकृत समुदायलाई राहत र सम्मान गर्नुपर्ने, स्वास्थ्य उपचार क्षमता बढाउनुपर्ने पनि उनीहरुको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment