+
+

अमेरिकी राष्ट्रपतिका लागि चुनाव लड्दै किम कार्दसियनका पति

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १५:०९

२१ असार, काठमाडौं । फेसन डिजाइनर तथा नायिका किम कार्दसियनका पति कान्ये वेस्टले अमेरिकी राष्ट्रपतिको निर्वाचन लड्ने घोषणा गरेका छन् ।

र्‍यापर कान्येले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आगामी नोभेम्बरमा हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा उनले भगवानमा विश्वास राख्दै अमेरिकाको लागि गरेको वाचाहरु मनन गर्नुपर्ने बताएका छन् ।

उनले अमेरिकाको भविष्य निर्माणको लागि आफू अमेरिकाको राष्ट्रपति पदमा उम्मेदवार दिन गइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कान्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थन रहँदै आएका थिए । उनले गत अप्रिलमा ट्रम्पको पक्षमा मतदान गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?