+
+

प्रदेश १ का नेकपा नेताको सुझाव- पार्टी फुटबाट बचाऔं

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १८:४८

२१ असार, विराटनगर । नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद वार्ताका माध्ययमबाट समाधान खोज्न प्रदेश १ का नेता कार्यकर्ताले आग्रह गरेका छन ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेकपा प्रदेश १ का १४ वटै जिल्लाका अध्यक्ष र सचिवले पार्टी फुटे जनतामा गम्भीर धोका हुने बताउँदै वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् ।

नेकपामा उत्पन्न विवाद समाधान गर्न र टुटफुट तथा विभाजन रोक्नु पर्ने बताउँदै उनीहरुले सामाजिक सञ्जालमा देखिएको अभद्र शैलीलाई निरुत्साहित गर्न आग्रह गरे ।

नेकपा नेताहरुले एकताका बाँकी कामलाई पूर्णता दिदै समृद्ध नेपाल सुखी नेपालीको चाहाना सार्थक बनाउनु पर्ने बताएका छन् ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एकताई थप मजबुत र एकताबद्ध बनाएर अघि बढनुको विकल्प नभएको बताए । उनले जनताको मतको कदर गर्न नेतृत्वलाई आग्रह गरे ।

नेकपा केन्द्रीय सदस्य गुरु बरालले सरकार सञ्चालनमा समस्या भए छलफलबाट टुंग्याउन माग गर्दै नेकपा एकजुट हुनुको विकल्प नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?