+
+

साढे २२ केजी चरेससहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १३:४७

२२ असार, बुटवल । रुपन्देहीको बुटवलबाट साढे २२ केजी चरेससहित दुई जना पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरियाली टोलबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा गुल्मीको मदाने गाउँपालिका-७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका ८ का ३५ वर्षका रतिमान दमाई रहेका छन्।

प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?