+
+

नेपाल एयरलाइन्सका कोरोना संक्रमित कर्मचारी सोल्टीको आइसोलेसनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १७:३४

२२ असार, काठमाडौं । नेपाल एयरलाइन्सका कोरोना संक्रमित कर्मचारीलाई सोल्टी होटेलभित्रै आइसोलेसनमा राखिने भएको छ । तीन पाइलटसहित नेपाल एयरलाइन्सका १४ उडान कर्मचारीमा सोमबार पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

त्यसमध्ये ७ जनामा क्रस भेरिफिकेसन समेत भई पुष्टि भइसकेको छ । अन्य ७ जनाको पहिलो पिसीआर टेस्ट पोजेटिभ आएपछि भेरिफिकेसनका लागि पठाइएको छ । नेपालीको उद्धार उडान प्रारम्भ भएपछि नेपाल एयरलाइन्सले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो । सोल्टीमा नेपाल एयरलाइन्सको समेत शेयर लगानी रहेको छ ।

कोरोना पोजेटिभ तीन पाइलटसहित ७ जना कर्मचारीलाई आइसोलेसन रुममा सारिएको छ । अन्य सात जना क्वारेन्टिन रुममै छन् । दोस्रो परीक्षणमा समेत उनीहरुमा पोजेटिभ देखिएमा उनीहरुलाई समेत अन्य कर्मचारीसाग सम्पर्कमा नआउने गरी छुट्टै कोठामा राखिनेछ ।

सोल्टीमा नेपाल एयरलाइन्सका मात्र कर्मचारी राखिएका कारण एक प्रकारको ‘सिल’ जस्तै अवस्थामा थियो । उडानबाट फर्किएपछि कर्मचारीलाई सिधै होटेलमा राखिने गरेको थियो । घर जानु अगडि कोरोना परीक्षण गरेर मात्र जानु पर्ने प्रावधान बनाइएको थियो । सोहीक्रममा कर्मचारीमा पिसिआर पोजेटिभ आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?