+
+

२५५ जना कोरोना संक्रमित थपिए, २५३ डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते १६:२५

२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ७ हजार ७५२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्र देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट २५३ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै केलालीमा ३६ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका ३३ जना, अछामका १७, काठमाडौंमा १६, कास्की र सुर्खेतका १४÷१४ जना, डोटी र कञ्चनपुरका १२/१२ जना, झापाका ८,रुकुम पश्चिम र ललितपुरमा ७ जनामा पनि कोरोना संक्रण पुष्टि भएको छ ।

यस्तै चितवन, पाल्पा, दैलेख र अछाममा ५/५ जना, मोरङ, सप्तरी र बझाङमा ४/४ जना, नवलपुर, गुल्मी र सर्लाहीमा ३/३ जना, सुनसरी, इलाम, सिराहा, बैतडी, गोरखा, काभ्रे, रामेछाप, मुगु र डडेलधुराका २/२ जना तथा तेह्रथुम, सिन्धुपाल्चोक, दोलखा, धादिङ, दाङ, लमजुङ, सर्लाही, बारा, म्याग्दी, प्युठान, कालिकोट, जाजरकोट, दार्चुलामा एकएक जना संक्रमित थपिएका छन् ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?