+
+

बालुवाटारमा ओली र प्रचण्डबीचको छलफल सकियो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते १९:१६

२४ असार, काठमाडौं । पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भएको छ ।

झण्डै २ घण्टा छलफलपछि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिएका छन् । दुई अध्यक्षबीच के विषयमा कुराकानी भयो र सहमति भयो वा भएन भन्नेबारे नेताहरुले खुलाएका छैनन् ।

स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।

यसबीचमा दुई अध्यक्षबीच पटक पटक कुराकानी भए पनि सहमति हुन सकेको छैन । अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका छन् भने ओलीले दुबै पद नछाड्ने अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?