
२५ असार, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न लगाएका छन् ।
गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको छ ।
बिहीबारैबाट थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।
तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4