+
+

गण्डकी प्रदेशका ५ जिल्लामा २५ जना कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते ११:५७

३१ असार, पोखरा । गण्डकी प्रदेशका पाँच जिल्लामा थप २५ जना कोरोना संक्रमित फेला परेका छन् ।

पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३ तथा गोरखा र कास्कीमा १-१ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या एक हजार २२८ पुगेको छ ।

गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले बुधबार दिएको जानकारीअनुसार पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिकामा एक महिला र ८ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कावासोती नगरपालिकामा ४८ र २६ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

म्याग्दीको बेनीमा ३, मालिकामा ४, रघुगंगामा १ र मंगलामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी तनहुँको भिमादमा २ र आँबुखैरीनीमा १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गोरखाको गोरखा नगरपालिका र कास्कीको पोखरा उपमहानगरपालिकामा एक-एक जनामा कोरोना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?