
४ साउन, झापा । कनकाई नदीमा आएको बाढीबाट बिस्थापित तारा शेर्माको परिवारले पक्की घरमा बस्न पाउने भएको छ ।
शिवसताक्षी नगरपालिकाले जग्गा दिने भएपछि मेची अभियानले घर बनाइदिने भएको हो ।
शिवसताक्षी नगरपालिका–११ स्थित बच्चाबरमा निर्माण सम्पन्न जनता आवास कार्यक्रमका लागि प्राप्त जग्गामा तारा शेर्माको पनि घर निर्माण हुने नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए ।
उनले भने, ‘मेची अभियानसँग सहकार्य गरेर कनकाई नदीको बाढीबाट बिस्थापित तारा शेर्मालाई पक्की घरमा भित्र्याउने योजना छ ।’
जनता आवास कार्यक्रमको जग्गामा १२ वटा घर निर्माण भइसेका छन् । अब तारा शेर्माका लागि शिवसताक्षी नगरपालिकाले जग्गा दिने र मेची अभियानले उक्त जग्गामा घर बनाउने पक्का भएपछि त्यहाँ १३ वटा घर हुनेछन् ।
निर्माण सम्पन्न भइसकेका घर करिब ५ धुरमा बनेका छन् । शेर्माले पनि त्यति नै भूमि पाउने नगर प्रमुख शेर्माले बताए ।
उनलाई करिब ५ लाख बराबरको घर मेची अभियानले निर्माण गरिदिने अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।
प्रतिक्रिया 4