+
+

मोरङमा चोरीको आरोपमा बाबु-छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १७:१३

४ साउन, काठमाडौं । मोरङमा चोरीमा संलग्न रहेको आरोपमा बाबु-छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ सालबारी बस्ने ५५ वर्षीय मुगु उराउ र उनकै छोरा सुनिल उराउ रहेका छन् ।

उर्लाबारी नगरपालिका–३ मंगलबारेटोल बस्ने अम्बिका प्रसाद रिजालको घरबाट मोबाइल, सुन तथा चाँदीका गरगहना लगायतका सामग्री चोरी चोरी गरेको आरोपमा प्रहरीले बाबु-छोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उराउको घर खानतलासी गर्दा चोरी भएका सामानहरु मध्ये मोबाइल २ थान, चाँदीको पाउजु १ जोर बरामद भएको जनाएको छ ।
अनुसन्धानको क्रममा सुनिलकै बाबु समेतको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न रहेका उर्लाबारी नगरपालिका–३ शनिबारे हटिया लाइन बस्ने २१ वर्षीय वाँया चौधरी भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?