
५ साउन, काठमाडौं । बाराको देवताल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
गाउँपालिकाका ७४ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
सोमबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान हुँदै आएका सबै सेवाहरु अर्काे सूचना नहुँदासम्म बन्द गर्न निर्देशन दिएका छन् ।
छिमेकी नगरपालिका र गाउँपालिकाबाट देवताल प्रवेश गर्न र गाउँपालिकाभित्र हुने दैनिक आवतजावत् र सवारीसाधन सञ्चालनमा समेत पूर्णरुपमा निषेध गरिएको छ । हाटबजारसहितका अन्य सबै पसलहरु बन्द गर्न निर्देशन दिइएको छ ।
देवताल गाउापालिकाभित्र अर्को सूचना जारी नहुन्जेल विवाह व्रतबन्धलगायत धार्मिक तथा साास्कृतिक कार्यहरु पनि नगर्न प्रशासनले निर्देशन दिएको छ ।
एम्बुलेन्स, अत्यावश्यक खाद्यान्न, औषधि, ग्याँस, दूध, तेलका पसलहरु भने सञ्चालन हुने जिल्ला प्रशशासन कार्यालय बाराले जानकारी दिएको छ ।
प्रतिक्रिया 4