Comments Add Comment

पर्सामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

७ साउन, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।

जगरनाथपुर–६ माधोपुर बस्ने १६ वर्षीय कृष्ण पटेलको मृत्यु भएको हो ।

मंगलबार साँझ ५ बजे जगरनाथपुर–६ स्थित नौरंगी खोलामा पौडी खेल्ने क्रममा डुबेर पटेल वेपत्ता भएका थिए ।

खोजतलासका क्रममा एक घन्टापछि उनको शव भेटिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment