+
+

खाली बोतलमा भरिएकाे खुशी : अरूले चोभारमा सेल्फी हाने, दिलिपले पैसा कमाए !

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ साउन ७ गते २०:०८

७ साउन, काठमाडौं । लगातारको वर्षाले काठमाडौं उपत्यकाका नदीमा ठूलो बाढी आयो । बाढीले खोला र किनारमा फालिएका फोहोर मैला बगाएर लग्यो ।

मुख्य नदी वागमती उपत्यकाबाट बाहिर निस्कने विन्दु चोभारको एक छेउमा नदीले बगाएर ल्याएका प्लास्टिकसहित धेरै हलुका वस्तुहरु जम्मा हुन्छन् ।

धादिङ गजुरीका ३८ वर्षीय दिलिप घले श्रीमती र छोराछोरीसहित चोभारमै बस्छन् । लकडाउनका कारण उनले काम गर्ने चुन फ्याक्ट्रीको काम रोकिएकाले उनी घरमै फुर्सदमा छन् । काम नपाएर खाली बसिरहेका बेला वागमतीको बाढीले बगाएर ल्याएका बोतलहरू चोभारस्थित जलविनायक मन्दिर अगाडि थुपारेको देखेपछि उनले ती बोतल बटुलेर  बेच्न थाले ।

सोमबारदेखि बोतल टिप्न थालेका उनले पहिलो दिनमा ६ बोरा संकलन गरे । उनले संकलन गरेको एउटा बोरामा २५ किलो प्लास्टिकका बोतल अटाउँछन् । बिक्री गर्दा प्रतिकिलो १५ रुपैयाँ हातमा पर्छ।

मंगलबार पनि दिलीप बोतल टिप्नमै व्यस्त थिए । चोभारको खोँचमा बाढीको छाल हेर्न धेरै मानिसको भिड लाग्यो । तर, घलेले भने त्यसको कुनै परवाह गरेनन् । उनी नदी किनारमा जम्मा भएका मिनरल वाटर एवं पेय पदार्थका बोतल जम्मा पार्ने र बोरामा राख्ने काममै खटिरहे ।

बोतल टिपेर उनले एक दिनमा करिब २ हजार रूपैयाँ सम्म आम्दानी गरेका छन् । ठूलो बाढी आएका बेला धेरै बोतल जम्मा भए पनि सधैं यति धेरै हुँदैनथे ।

दिलिपले काम गर्ने चुन फ्याक्ट्री अझै सञ्चालनमा आएको छैन । त्यसैले खाली समयको सदुपयोग गरेर उनी बोतल टिपिरहेका छन् । ‘नदीमा बगेको बोतल टिप्दा आम्दानी पनि हुने, नदी पनि सफा हुने’ दिलिपले भने ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?