+
+

गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते ११:२७

८ साउन, काठमाडौं । गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन् ।

यसैगरी कास्कीको पोखरा उपमहानगरपालिकामा २५ र ३८ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?