+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विराट नर्सिङ होमले लुकायो कोरोना संक्रमित

हरि अधिकारी हरि अधिकारी
२०७७ साउन ८ गते १४:४३

८ साउन, विराटनगर । सम्पर्कविहीन भएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई विराट नर्सिङ होम (विराटनगर अस्पताल) ले लुकाएको पाइएको छ ।

विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर प्रयोगशालामा टिपाइएका नाम, ठेगाना र टेलिफोन नम्बरका आधारमा प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाको टोलीले आइसोलेसनमा ल्याउन संक्रमितको खोजी गरेपनि भेट्टाउन सकेको थिएन ।

तर अस्पतालले नै स्वाब संकलन गरी प्रयोगशालामा पठाउँदा नाम, ठेगाना, उमेर र मोवाइल नम्बर गलत राखेको पाइएको छ । स्रोतका अनुसार स्वाब संकलन गरेका व्यक्ति अस्पतालकै अधिकारी थिए । तर उनलाई लुकाउन प्रयोगशालामा स्वाब पठाउँदा विवरण गलत राखिएको थियो ।

बिहीबार प्रहरीले अस्पतालका कर्मचारीलाई केरकार गर्दा अस्पतालले झुटो विवरण पठाएको खुलेको हो । अहिले संक्रमितको पहिचान भएको छ ।संक्रमितलाई अस्पताल भर्ना गर्ने तयारी भइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बिहीबार बिहान संक्रमितको पहिचान भएको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले अस्पतालले बदमासी गरेका कारण प्रहरी र स्वास्थ्यकर्मीले अनावश्यक दुःख पाएको बताए ।

‘परीक्षणका लागि कोही कसैको स्वाब संकलन गर्दा नाम, ठेगाना, सम्पर्क नम्बरदेखि सबै कुरामा ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘अस्पतालले नै बिरामीलाई लुकाउने प्रयास गर्‍यो ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?