Comments Add Comment

अमेरिकामा बेरोजगारी भत्तामा कटौतीको प्रस्ताव

१३ साउन, काठमाडौं । अमेरिकामा रिपब्लिकन पार्टीका सांसदले बेरोजगारहरुलाई दिँदै आएको भत्तामा कटौतीको प्रस्ताव राखेका छन् । अहिले अमेरिकामा बेरोजगार मानिसहरुलाएक सातामा ६ सय डलर बेरोजगार भत्ता दिइँदै आएको छ । अहिले गरिएको प्रस्तावमा भने यसलाई कटौती गरेर सातामा दुई सय डलर मात्र दिइने प्रस्ताव गरिएको छ । रिपब्लिकनका सांसदले गरेको यो प्रस्तावमा विपक्षी डेमोक्रेट पार्टीले भने आपत्ति जनाएको छ । विपक्षी पार्टीले अहिले प्रस्ताव गरिएअनुसारको भत्ता बेरोजगारहरुका लागि पर्याप्त नहुने उल्लेख गरेको छ ।

अहिले गरिएको प्रस्तावमा कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण प्रभावित बनेको अर्थतन्त्रमा सुधारको लागि थप एक खर्ब डलर खर्च गरिनुपर्ने उल्लेख छ । यो योजनामा विद्यालयहरुलाई एक खर्ब डलर र अधिकांश अमेरिकीलाई एक हजार दुई सय डलरको प्रोत्साहन रकम दिने उल्लेख गरिएको छ ।

अमेरिकाले यसअघि नै आफ्ना नागरिकहरुलाई राहत दिन दुई खर्ब ४० अर्ब डलर खर्च गरिसकेको छ । व्यापार व्यवसायलाई बचाउन र व्यक्तिगत घरायसी खर्चका लागि खर्बौं डलर प्रदान गरिएको छ । यद्यपि अर्थशास्त्रीहरुले भने अझै पनि राहत प्याकेजको जरुरी रहेको बताएका छन् ।

अमेरिकामा बेरोजगारी भत्तामा कटौती यसकारण पनि महत्वपूर्ण मानिएको छ कि यो भत्ताबाट आउने फाइदाको कारण मानिसहरु काममा फर्किएका छैनन् । वास्तवमा यो भत्ता लिनेमध्ये दुई तिहाइ यस्ता मानिसहरु छन्, जसलाई काममा जाँदाभन्दा बेरोजगार भएर बस्दा बढी पैसा आउँछ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment