
१५ साउन, काठमाडौं । देश भरका अधिकाशं भूभागमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय माताहतको देशभरका विभिन्न इकाईले पठाएको विवरणअनुसार १३ लाख ११ हजार २९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
कुल धान रोपाइँ योग्य जमिनको ९५.६० प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।
उच्च पहाडमा ४४ हजार ९ सय एक हेक्टर, पहाडमा तीन लाख १७ हजार ४२४ तथा तराईका ९ लाख ४८ हजार ९७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
गत वर्ष यो अवधिमा करिब ११ लाख हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो ।
समयमै मनसुन सक्रिय हुँदा र रोपाइँ गर्ने जनशक्ति गाउँमा प्रशस्त हुँदा यस वर्ष रोपाइँ छिटो भएको मन्त्रालयले जनाएको छ । अनुकुल मौसमका कारण खाडेरीले धानको बिउ सुक्नेजस्तो विगतको अवस्था नआएको मन्त्रालयले जनाएको छ ।
समयमै रोपाइँ हुँदा उत्पादन पनि बढ्ने मन्त्रालयले विश्वास छ । छिटो रोपाइँ हुँदा कृषि उत्पादन चक्र पनि सुधारिने मन्त्रालयको विश्वास छ ।
प्रतिक्रिया 4