
१५ साउन, काठमाडौं । चीनको सिन्चियाङ प्रान्तको राजधानी उरुम्कीमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि सामाजिक गतिविधिमा प्रतिबन्धका नियमहरु लगाइएको छ । उरुम्की सहर अहिले चीनमा कोरोना भाइरसको नयाँ केन्द्र बन्न पुगेको छ । बुधबार चीनमा भेटिएका १०५ मध्ये ९६ कोरोना संक्रमित चीनको उरुम्की सहरका थिए ।
लकडाउनसँगै अब यो सहरमा बाहिरबाट आउन र यो सहरबाट बाहिर जानका लागि कडा नियम लगाइएको छ । अब यो सहरभन्दा बाहिरका नागरिकहरुलाई १४ दिनभन्दा लामो समय सहरमा बसेको भए बाहिर जान पीसीआर र एन्टिबडी परीक्षणमा नेगेटिभ आउनुपर्ने बताइएको छ । उरुम्कीका बासिन्दाहरुले भने अत्यावश्यक काम नभई सहरभन्दा बाहिर जान पाउने छैनन् । उरुम्कीका उपमेयर सोङ याजुनले उरुम्कीमा कोरोनाको जोखिम रहेको क्षेत्रबाट आउने मानिसहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राखिने बताएका छन् । अन्य क्षेत्रबाट आउने मानिसहरुले पनि पछिल्लो सात दिनमा गरिएको पीसीआर परीक्षणमा नेगेटिभको नतिजा पेश गर्नुपर्नेछ ।
स्रोत : अलजाजिरा
प्रतिक्रिया 4