+
+

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १३:०१
प्रचण्ड निवासको तस्वीर

२२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ललितपुरको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

प्रहरी प्रधान कार्यालयमा प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रचण्ड निवासमा प्रचण्डसहित ५३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?