+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

त्रिसारा अगरबत्ती नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १९:५७

२३ साउन, काठमाडौं ।  सूर्य नेपाल प्रालिको गुणस्तरीय उत्पादन मंगलदीप अगरबत्ती बजारमा ल्याइएको छोटो समयमानै आम उपभोक्ता माझ निकै नै लोकप्रिय अगरबत्ती बन्न सफल भएको छ ।

मंगलदीप अगरबत्तीको बजार लोकप्रियता, विस्तृत बजार अनुसन्धान र ग्राहकहरुसँगको नियमित संवाद तथा उनीहरुको चाहनालाई सम्बोधन गर्दै कम्पनीले मंगलदीप त्रिसारा नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ ।

त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहकहरुले मनमोहक सुगन्धको अनुभव गर्न पाउने छन् । त्रिसाराको प्रति प्याक मूल्य रु. १०० कायम गरिएको छ र यस अन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् ।

जिप लक ले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समय सम्म टिक्ने जानकारी कम्पनीले गराएको छ ।त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवद्र्धन गर्ने निर्णय कम्पनीले गरेको छ ।

सूर्य नेपाल प्रा. लि. ले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्धन तथा विक्रि गरि ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरिराखेको छ ।

मंगलदीप अगरबत्तीले हाल राष्ट्रको अगरबत्तीमा व्याप्त परनिर्भरता कम गरि देशको राजश्व वृद्धि गर्न तथा अवैध रुपमा हुने अगरबत्ती आयात रोक्न समेत सफल भइरहेको छ ।

नेपालको साँस्कृतिक परिवेशमा अगरबत्तीले एकदमै महत्व राख्ने हुनाले यसको बजार सम्भाव्यता स्वदेश मै पर्याप्त छ भने विदेशमा पनि यसको माग ठूलो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?