+
+

गज्जबको सरकारी निर्णय : कोरोना भाइरस संक्रमितलाई डेढ लाख भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १५:०३

विश्वव्यापी बनेको कोरोना भाइरस महामारीका कारण दुनियाँका हरेक देशको अर्थतन्त्र डामाडोल बनिरहेको छ । यद्यपि विभिन्न मुलुकहरुले आफ्ना जनताको राहतका लागि केही न केही त गरिरहेकै छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित एक सानो सहरले कोरोना भाइरसबाट संक्रमित हुने आफ्ना बासिन्दाहरुका लागि कोरोना भत्ता दिने निर्णय गरेको छ ।

क्यालिफोर्नियाको अलामेडा काउन्टीले आफ्नो क्षेत्रमा कुनै पनि मानिस कोरोना भाइरस संक्रमित भएमा १२५० अमेरिकी डलर भत्ता दिने घोषणा गरेको हो ।

संक्रमित मानिसलाई खाने खर्च, घरभाडा खर्च तथा फोनको बिल लगायतका अत्यावश्यक खर्चका लागि पैसाको अभाव नहोस् भनेर स्थानीय सरकारले संक्रमितलाई साढे १२ सय डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

अलामेडा काउन्टीस्थित सुपरभाइजर्स बोर्डले कोरोना संक्रमित भएसँगै दुई सातासम्म क्वारेन्टाइन वा आइसोलेसनमा बस्नु पर्दा सर्वसाधारणले त्यस बेलाको खर्च धान्न मुस्किल पर्ने हुनाले संक्रमितको सहयोगका लागि कोरोना भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

समाचार अनुसार मानिसहरु आइसोलेसनमा बस्नु पर्ने र खर्च पुर्‍याउन नसकिने त्रासका कारण कोरोना भाइरस परीक्षण नै नगराउने अवस्था नहोस् भन्नका लागि अलामेडा काउन्टीले निकै प्रभावकारी योजना ल्याएको हो ।

संक्रमितले कोरोना भत्ता पाउनका लागि केही शर्तको भने पालना गर्नुपर्ने हुन्छ । उनीहरुले सम्बनिधत क्लिनिकमा कोरोना परीक्षण गराउनुपर्ने तथा पहिलेदेखि तलबी बिदा नलिएको र बेरोजगार भत्ता पनि नलिएको हुनुपर्नेछ ।

लस एन्जल्स टाइम्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?