+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘मालिक थिएँ, कोरोनाले फेरि कामदार बनाइदियो’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १८:४१

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको प्रोडक्ट नेपालमा काम गर्ने पोखरेल दाजुभाइ दुई जना मिलेर ‘आउटर ज्याकेट’ बनाउने काम गरेको डेढ वर्ष भयो । झोला व्यापार गर्ने काममा केही समय काम गरिसकेपछि आफैंले ज्याकेट सिलाउने काममा काम सुरु गरेको डेढ वर्षसम्म दाजुभाइ मिलेर गरेको कामबाट राम्रै व्यापार भएपछि उनका छिमेकीले पनि आउटर ज्याकेट बनाउने काम सुरु गरे । लकडाउन अघिसम्म एउटै टोलमा झण्डै ९ जनाको टोली सो काममा सक्रिय थियो ।

काम सुरु भएपछि दाजुभाइमा कामको पनि विभाजन भयो । भाइ सन्दीपले मार्केटिङको जिम्मा लिए भने प्रदीपले ज्याकेट बनाउने काम गर्ने गरेका थिए । काम चल्दै थियो, ज्याकेटको लागि चाहिने कच्चा सामग्री ठमेलबाट ल्याउने गर्थे । त्यसलाई सिलाइबुनाइ गरेपछि अनलाइन या अरू सम्पर्क सूत्रबाट खरिदकर्ता खोजेर सन्दीपले बिक्री गर्ने गर्थे ।

सन्दीपका अनुसार प्रतिव्यक्ति मासिक ३० हजार जतिको दरमा फाइदा हुन्थ्यो । परिवारको गुजारा राम्रैसँग चलिरहेको थियो । परिवारका तीन सदस्य र एक जना बाहिरका मान्छेलाई समेत रोजगारी दिएका थिए ।

तर कोभिडको फैलावट रोक्नको लागि गरिएको लकडाउनसँगै उनीहरूको व्यापारमा कमी आउन थाल्यो । भन्नेबित्तिकै कच्चा पदार्थ नपाउने, पाएको कच्चा पदार्थबाट बनाएको सामानले पनि राम्रो बजार पाउन छाडेपछि यतिबेला कोभिड अघिसम्मका स्वावलम्बी उनीहरू अहिले पराश्रित बन्न थालेका छन् ।

अहिले प्रदीप ठमेलको एउटा त्यस्तै आउटर बनाउने कम्पनीमा काम गर्ने गर्छन् । १५ दिन भयो काम सुरु गरेको । मासिक २० हजार रुपैयाँ लिने गरी काम गरेको हो । उनी भन्छन् ‘कामदारबाट मालिक बनेको थिएँ । केही समयपछि फेरि कामदारै बन्नु परेको छ । चुनौती खेप्नु परेको देख्दा त आफ्नो भन्दा अरूको नै काम गर्नु ठीक जस्तो लाग्न थालेको छ ।’

सन्दीपका अनुसार उनीहरूले पहिले दैनिक १० देखि १५ वटासम्म आउटर ज्याकेट उत्पादन गर्थे । ३०० रुपैयाँ जति उत्पादन लागत थियो । त्यसलाई ५ सयमा बेच्दा दुई सय रुपैयाँ फाइदा हुन्थ्यो ।

दैनिक १५ वटासम्म उत्पादन गर्दा तीन हजार रुपैयाँको दरमा कमाइ हुन्थ्यो । तर कोभिड सुरु भएसँगै उनीहरू धरासायी बन्न थाले । केवल सन्दीपको परिवार मात्रै होइन । उनको छेउछाउमा व्यवसाय सुरु गरेका ९ जना नै अहिले कामविहीन छन् । प्रदीपसँग ज्याकेट बनाउने सिप छ । उनलाई ठमेलमा रहेको त्यस्तै ज्याकेट बनाउने कम्पनीले कर्मचारीको रूपमा लिइहाल्यो । मार्केटिङको जिम्मा लिएका सन्दीप यतिबेला कामविहीन छन् ।

अहिले पनि त्यस्तै ठूला कम्पनीहरू चलिरहेको भए पनि साना र घरेलु उद्योगको रूपमा उत्पादन गर्नेहरू भने धरासायी बनिरहेका छन् ।

उनीहरूले महिला र पुरुष दुवैलाई हुने गरी आउटर ज्याकेट उत्पादन गर्ने गरेका छन् । हामीले कच्चा पदार्थको अभाव र बजार पनि नभएका कारणले अहिले थप उत्पादन बन्द गरेका छौं । मेसिन पनि घरमा लगेर राखेका छौं । ठूला कम्पनी चलिरहेको छ । त्यसैले बजारमा यस्ता आउटरको अभाव नै हुने सम्भावना भने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?