+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

घुस लिएको आरोपमा मैनामैनीका सहायक वन अधिकृतसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २८ गते १४:१७

२८ साउन, काठमाडौं । घुस लिएको आरोपमा उदयपुरस्थित सवडिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएकाे प्रहरीको टोलीले यादवसहित सवडिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत बिनोदकुमार साह, फोरेस्टर रमेश राई, सवडिभिजन वन कार्यालय मैनामैनीका फोरेस्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोजकुमार राउतलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको उजुरी परेपछि प्रहरीको टोलीले खानतलासी गरेको थियो । सो क्रममा घुसबापतको रकम फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको जिम्मा लगाएको थियो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?