+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

आजबाट चितवन मेडिकल कलेजमा पनि कोरोना परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते ११:४५

२ भदौ, चितवन । चितवन मेडिकल कलेज भरतपुरले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण आज (मंगलबार)बाट गर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट पीसीआर परीक्षण गर्ने अनुमति पाएसँगै कलेजले कोरोना भाइरसको परीक्षण सुरु गर्ने भएको हो ।

कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले मंगलबारबाट कोरोना भाइरसको परीक्षण आफ्नै ल्याबमा गरिने बताए । ‘सबै तयारी सकियो, मंगलबारबाट कोरोना भाइरसको परीक्षण गर्छौं, यसले परीक्षणको दायरा फराकिलो बन्ने विश्वास लिएका छौं,’ प्रवन्ध निर्देशक डा. न्यौपानेले भने ।

भरतपुर महानगरपालिका वडा नं. ५ कैलाशनगरमा कोरोना परीक्षण ल्याव खोलिएको छ ।  ‘निजी प्रयोगशालालाई कोभिड १९ को मोलिक्यूलर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७’ को व्यवस्था अनुरूप कलेजले ल्याबका लागि आवश्यक सबै मापदण्ड पूरा गरेपछि गत साउन ३० गते अनुमति प्राप्त गरेको थियो ।

कलेजले पाँच करोड चालिस लाखको लगानीमा अत्याधुनिक प्रविधिसहित ल्याव तयार गरेको जनाएको छ ।

मेडिकल ल्याब्रोटरी विभागीय प्रमुख डा. सञ्जय राय यादवको नेतृत्वमा ८ जनाको टोलीले तीन सिफ्टमा चौबिसै घण्टा ल्याब सञ्चालन गर्ने कलेजले जनाएको छ ।

एक सिफ्टमा चार सय जनाको दरले दैनिक १२ सय जनासम्मको नमूना परीक्षण गर्न सक्ने क्षमता ल्याबको रहेको प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बताए । नमूना स्वाब लिएको ६ घण्टाभित्र नै परीक्षण नतिजा आउने देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?