
३ भदौ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति मृत्यु भएका हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका वृद्धमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।
मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए । उनको स्वाब सोमबार नै लिइएको भए पनि प्रयोगशालामा चाप धेरै भएकाले रिपोर्ट आउन ढिला भएको चौलागाईको भनाइ छ ।
कोरोना संक्रमणका कारण मकवानपुरको हेटौंडामा पहिलो पटक मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4