+
+

बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका युवक एसएसबीको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते १७:३०
फाइल तस्वीर

३ भदौ, जनकपुरधाम । माछा मार्ने क्रममा गौतम बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ ।

मनरा सिस्वा नगरपालिका-९ बथनाहा निवासी बलिन्द सदा सीमा पारि रहेको एक पोखरीमा माछा मार्न जाने क्रममा उनले बुद्धको मूर्ति फेला पारेका थिए । ‘पोखरी छेउमा कुश उखेल्ने क्रममा उनले मूर्ति फेला परेका रहेछन्,’ महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने, ‘उनी मूर्ति लिएर हल्ला गर्दै गाउँ आएका थिए ।’

उनी हल्ला गर्दै आएपछि भारतीयतिरका जनताले आफूतिरको मूर्ति लिएर गएको जानकारी पाएपछि एसएसबीलाई जानकारी गराएका थिए ।

त्यसपछि मूर्ति कहाँ भेटाएको हो ? भन्दै एसएसबीले ठाउँ देखाउन बोलाएको र भारतीय सीमाबाटै उनलाई नियन्त्रणमा लिएर राखिएको जानकारी आफूले प्राप्त गरेको कटुवालले बताए । नेपालतर्फतबाट सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँग युवकको रिहाइका लागि समन्वय गरिरहेको उनले बताए । ‘सदालाई रिहा गराउनेबारे हामी समन्वय गरिरहेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?