+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एसएसबीको नियन्त्रणमा रहेका महोत्तरीका युवक रिहा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते २०:४२

३ भदौ, जनकपुधराम । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको महोत्तरीका युवक रिहा भएका छन् ।

माछा मार्ने क्रममा गौतम बुद्धको मूर्ति फेला पारेका महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहाका २० बर्षीय बलिन्द्र सदालाई बुधबार दिउँसो एसएसबीको टोलीले नियन्त्रणमा लिएको थियो । सीमा पारी एक पोखरीमा माछा मार्न गएका उनले पोखरी छेउमा कुश उखेल्ने क्रममा मूर्ति फेला परेका थिए ।

मूर्ति कहाँ भेटाएको हो भन्दै ठाउँ देखाउन बोलाएको एसएसबीले उनलाई भारतीय सीमाबाटै नियन्त्रणमा लिएको थियो । तर उनलाई बुधबार साँझ छाडिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । ‘उनी एसएसबीको नियन्त्रणमा रहेको जानकारी पाए लगतै हामीले भारतीय सुरक्षा बलसँग समन्वय गरेका थियौं’ उनले भने, “त्यही आधारमा उनी छुटेका छन् ।’

उनी आफ्नो घर आइपुगेको कटुवालले बताए । सदाले फेला पारेको बुद्धको मूर्ति उनीसँगै छ ।

यसबारे अनुसन्धान गर्न देशका सुरक्षाकर्मीबीच छलफल भएको र तत्काल सदाकै घरमा राखिएको उनले बताए । ‘अनुसन्धान भएपछि मूर्ति कसलाई दिने भन्ने निष्कर्ष निकालिनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?